नेपालको राजनीति अनिश्चितताको भुमरीमा फसेको छ : नेता विजयकुमार गच्छदार।

काठमाडौं := नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले नेपालको राजनीति अनिश्चितताको भुमरीमा फसेको बताएका छन् । मङ्गलवार काठमाडौँमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले नेपालको राजनीति अन्योलपूर्ण, तरलता, अस्थिरता र अनिश्चिततामा फसेको बताए ।

उनले नेपाली काँग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने पनि बताए । गच्छदारले पार्टी सभापति विमानको पाइलट भए अन्य पदाधिकारी सहायक पाइलट रहेको भन्दै सबै मिलेर काम गर्नुपर्ने अवस्था आएको बताए ।