क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)एनसिसि क्वालालम्पुर मलेसियामा सहमति भएसंगै अध्यक्ष पदमा बिनोद थापा र राकेश महतो गरि दुईजना अध्यक्ष निर्वाचित भएको छ ।
निर्वाचनको अन्तिम – अन्तिम समयमा आएर अध्यक्ष पदका अर्का उम्मेदवार राकेश महतोले थापालाई सुरुको एक बर्षसम्मको लागि अध्यक्ष पदमा भद्र सहमति गर्दै समर्थन गरेपछि थापा र महतो दुई जनानै एनआरएनए मलेसियाको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन ।
थापा र महतोबीच अन्तिम समयमा आएर मध्य रातमा भएको आन्तरिक सहमति अनुसार एक – एक बर्ष आलोपालो गरि संघमा अध्यक्षको कार्यकाल चलाउने सर्तमा अहिलेलाई महतो आफू पनि अध्यक्षनै रहेको भ्एता पनि सुरुको एक बर्षसम्म वरिष्ठ उपअध्यक्षको हैसियतमा बसि थापालाई सन् २०२३ देखि २०२४ सम्म सहमतिमै अध्यक्ष पद दिएर काम गर्न सघाउनेछ् र सहमति अनुसारनै पछि सन् २०२४ देखि सन् २०२५ सम्म महतो अध्यक्ष भएर संघलाई चलाउनेछ्न , भने बिनोद थापा स्वंत सल्लाहकार भएर काम गर्नेछन् भनेर निर्वाचन समितिको संयोजक खगेन्द्र न्यौपानेले बताए ।
एनआरएनए मलेसियामा अध्यक्ष पदको टुंगो लागेसंगै अध्यक्षसहित अन्य सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छ्न । स्रोतले दिएको जानकारी अनुसार दुई उम्मेदवारबीच सहमति गराउनलाई निर्वाचन समितिसंगै नेपाली कांग्रेस निकट प्रवास संगठन जनसम्पर्क समिति मलेसियाले मुख्य भुमिका निभाएका छ्न् ।

निर्विरोध निर्वाचित हुनेमा क्रमशः अध्यक्ष बिनोद थापा , वरिष्ठ उपाध्यक्ष राकेश महतो (यो बर्षपछि आफू अध्यक्ष बन्न पाउने सर्तमा) , उपाध्यक्ष हरु मा ५ जना क्रमशः इन्द्र नारायण लिम्बु , रजित कुमार क्षेत्री , अरुण गिरी , दिल कुमार केरुङ, हेमराज सापकोटा निर्विरोध निर्वाचित भएका छ्न , भने महिला उपाध्यक्षमा लिला मगर , युवा उपाध्यक्षमा नारायण अधिकारी निर्विरोध निर्वाचित भएका छ्न ।
त्यस्तै महासचिव पदमा टेक बहादुर अधिकारी , सचिवमा श्याम बहादुर श्रेष्ठ , विशु प्रसाद बराल , कोषाध्यक्षमा बाल धोज लिम्वु , सह – कोषाध्यक्ष पदमा बिमल राना , युवा संयोजकमा राजु तामाङ , महिला संयोजकमा इन्दु वस्नेत पनि निर्विरोध निर्वाचित भएका छ्न ।

त्यस्तै १० जनाको पद रहेको सदस्य हरु मा क्रमशः विष्णु चौधरी , राजु कुमार श्रेष्ठ , भेशराज ज्ञवाली “हरि” , खेम राज खत्री , विजय मण्डल , उमेश कोहिरी महतो गरि ६ जना निर्विरोध निर्वाचित भएका छ्न , भने अन्य बाँकी रहेको ४ जना सदस्य पदमा पछि निर्वाचनको दिन मनोनीत गरिने समितिले जनाएको छ ।
त्यस्तै आईसिसि सदस्यहरुमा तीन जना क्रमशः शेर बहादुर गुरुङ , सन्तोष प्रकाश रिजाल , मिरा पुरि गीरी निर्विरोध निर्वाचित भएका छ्न । एनआरएनए मलेसियामा बिगत देखी नै सहमतिकै आधारमा नेतृत्व चयन हुँदै आएको इतिहास रहेको छ । सोही अनुरुप अहिले पनि महतो लचिलो बनेपछि सहमतिको बातावरण सिर्जना भएर सर्वसम्मत नेतृत्व चयन भएको हो ।




















