एनआरएनए मलेसियामा आलोपालो, सुरुको एक बर्षसम्म अध्यक्षमा थापा र दोस्रो बर्षमा अध्यक्षमा महतो निर्विरोध।

[ आरएन चौधरी थारु ] 

क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसि) क्वालालम्पुर मलेसियामा सहमति भएसंगै अध्यक्ष पदमा पुनः बिनोद थापानै दोहोरिएका छ्न । निर्वाचनको अन्तिम – अन्तिम समयमा आएर अध्यक्ष पदका अर्का उम्मेदवार राकेश महतोले थापालाई एक बर्षसम्मको लागि अध्यक्ष पदमा भद्र सहमति गर्दै समर्थन गरेपछि पुनः थापानै एनआरएनए मलेसियाको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन ।

थापा र महतोबीच अन्तिम समयमा आएर मध्य रातमा भएको आन्तरिक सहमति अनुसार एक – एक बर्ष आलोपालो गरि अध्यक्षको कार्यकाल चलाउने सर्तमा अहिलेलाई महतो आफू सुरुमा वरिष्ठ उपाध्यक्ष पदमा बसि थापालाई सुरुको सन् २०२३ देखि २०२४ सम्म सहमतिमै अध्यक्ष पद दिएर काम गर्न सघाउनेछ् , निर्वाचन समिति संयोजक खगेन्द्र न्यौपानेले बताए ।

सहमति अनुसार पछि सन् २०२४ देखि सन् २०२५ सम्म महतो अध्यक्ष भएर संघलाई चलाउनेछ्न , भने बिनोद थापा स्वंत सल्लाहकार भएर काम गर्नेछन् । एनआरएनए मलेसियामा अध्यक्ष पदको टुंगो लागेसंगै अध्यक्षसहित अन्य सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छ्न । स्रोतले दिएको जानकारी अनुसार दुई उम्मेदवारबीच सहमति गराउनलाई निर्वाचन समितिसंगै नेपाली कांग्रेस निकट प्रवास संगठन जनसम्पर्क समिति मलेसियाले मुख्य भुमिका निभाएका छ्न् ।

तस्वीरमा जनसम्पर्क समितिका सभापति चोलाकान्त पंगेनीसंगै एक आपसमा सहमति जनाउँदै अहिलेका एनआरएनए अध्यक्ष बिनोद थापा र राकेश महतो ।

निर्विरोध निर्वाचित हुनेमा क्रमशः अध्यक्ष बिनोद थापा , वरिष्ठ उपाध्यक्ष राकेश महतो (यो बर्षपछि आफू अध्यक्ष बन्न पाउने सर्तमा) , उपाध्यक्ष हरु मा ५ जना क्रमशः  इन्द्र नारायण लिम्बु , रजित कुमार क्षेत्री , अरुण गिरी , दिल कुमार केरुङ, हेमराज सापकोटा निर्विरोध निर्वाचित भएका छ्न , भने महिला उपाध्यक्षमा लिला मगर , युवा उपाध्यक्षमा नारायण अधिकारी निर्विरोध निर्वाचित भएका छ्न ।

त्यस्तै महासचिव पदमा टेक बहादुर अधिकारी , सचिवमा श्याम बहादुर श्रेष्ठ , विशु प्रसाद बराल , कोषाध्यक्षमा बाल धोज लिम्वु , सह – कोषाध्यक्ष पदमा बिमल राना , युवा संयोजकमा राजु तामाङ , महिला संयोजकमा इन्दु वस्नेत पनि निर्विरोध निर्वाचित भएका छ्न ।

निर्वाचन समितिले सार्वजनिक गरेको सूचना ।

त्यस्तै १० जनाको पद रहेको सदस्य हरु मा क्रमशः विष्णु चौधरी ,  राजु कुमार श्रेष्ठ , भेशराज ज्ञवाली “हरि” , खेम राज खत्री , विजय मण्डल , उमेश कोहिरी महतो गरि ६ जना निर्विरोध निर्वाचित भएका छ्न , भने अन्य बाँकी रहेको ४ जना सदस्य पदमा पछि निर्वाचनको दिन मनोनीत गरिने समितिले जनाएको छ ।

त्यस्तै आईसिसि सदस्यहरुमा तीन जना क्रमशः शेर बहादुर गुरुङ , सन्तोष प्रकाश रिजाल , मिरा पुरि गीरी निर्विरोध निर्वाचित भएका छ्न । एनआरएनए मलेसियामा बिगत देखी नै सहमतिकै आधारमा नेतृत्व चयन हुँदै आएको इतिहास रहेको छ ।