काठमाडौं := राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै परेको रिटमा आज(बुधबार) पेशी तोकिएको छ । लामिछानेले पुनः नागरिकता प्राप्ति गर्दा पनि प्रक्रिया पूरा नगरेको भन्दै गत बुधबार कानुन व्यावसायी युवराज सफलले दिएको रिटमा बुधबारदेखि प्रारम्भिक सुनुवाइ हुने भएको हो ।
रिट निवेदकले अमेरिकी नागरिकता त्याग गरेको निस्सा पेस नगरी लामिछानेले नेपाली नागरिकताको प्रतिलिपि लिएको जिकीर गरिएको छ। रिट गत वैशाख २५ गते सर्वोच्च अदालतमा लगिएको थियो। वैशाख २८ मा सर्वोच्च प्रशासनले रिटलाई दरपिठ गरेको थियो। सर्वोच्च प्रशासनले दरपिठ गरेको रिट सफलले यही जेठ २ मा पुनः दर्ता गराउनुभएको छ ।




















