मेक्सिकोमा लागु औषध तस्कर र सुरक्षाकर्मीसँगको झडपमा १० जनाको मृत्यु।

Rn Chaudhary tharu

मेक्सिको सिटी:= मेक्सिकोमा दोहोरो झडपमा भएकाे गोली हानहानमा परी १० जनाको मृत्यु भएको छ। उत्तरी मेक्सिको सुरक्षाकर्मी माथी बन्दुकधारीको एक समूहले गोली प्रहार गरे पछि जवाफी कारबाही हुदाँ १० जनाको मृत्यु भएको हो ।

मेक्सिको सिभिल फोर्सका सुरक्षाकर्मी सवार तीनवटा बख्तरबन्द ट्रकमा यात्रा गरिरहेका बेलामा अचानक बन्दुकधारी समुहले गोली प्रहार गर्न सुरु गरेका थिए । मेक्सिकोका सुरक्षा सचिव गेरार्डो पालासियोसका अनुसार अनुसार त्यसपछि सुरु भएको दोहोरो झडपमा आपराधिक समूहका १० जना मारिन पुगेका छन ।

उनका अनुसार  साे दोहोरो झडपमा परी सिभिल फोर्सका चार जना सुरक्षाकर्मी पनि घाइते हुन पुगेका छन। सो आक्रमण हिंसा प्रभावित क्षेत्र मानिने न्यूभो लियोन र तामाउलिपास राज्यका राजमार्गमा भएको हो । उक्त राजमार्गमा बेलाबेलामा अपहरण र लुटपाटका घटना हुने गरेको सुरक्षा सचिव पालासियोसले जानकारी दिए ।

मेक्सिको सरकारले सन २००६ देखी लागुऔषध विरोधी अभियान सुरु गरेयता मात्रै तीन लाख बढीको तस्करहरुको हत्या भईसकेको छ । सो घटना पनि लागुऔषध तस्करको सङ्गठित आपराधिक गिरोह हुन सक्ने मेक्सिको प्रहरीले जनाएको छ । उसका अनुसार सो घटनाका बारेमा थप छानबिन भईरहेको छ ।