काठमाडौं := राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले ल्याएको बजेट सन्तोषजनक भएको बताएका छन्। सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बजेट कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
प्रतिपक्ष भए पनि यसले देशको अर्थतन्त्र सुधार गर्नसक्ने खालको भएको उनको भनाइ छ । उनले भने, ‘कृषि क्षेत्रमा सोचे जस्तो छैन । तर, जडिबुटीमा राम्रो आएको छ।’ सांसद विकास कोषको रकम सही ठाउँमा सदुपयोग गर्नुपर्ने उनले बताए । तर, स्थानीय सरकार भए पनि सांसद विकास कोष आवश्यक नभएको सांसद शाहीको भनाइ छ ।




















