क्रिष्टियानो रोनाल्डोको निर्णायक गोलमा अल नासरले साउदी प्रिमियर लिगमा पुनरागमन जित।

साउदी:= पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोको निर्णायक गोलमा अल नासरले साउदी प्रिमियर लिगमा पुनरागमन जित निकालेको छ । अल नासरले घरेलु मैदानमा दुई-शून्यले पछि परेको स्थितिमा अल सवावमाथि तीन-दुईको पुनरागमन जित हात पारेको हो ।

अल नासरको पुनरागमन जितमा एन्डरसन टालिस्का, अब्दुलरहमान घारिव र रोनाल्डोले एक-एक गोल गर्नुभयो । अल सवावका क्रिष्टिएन गुएन्काले दुवै गोल गरे पनि हार टार्न सक्नुभएन । खेलको २५औँ मिनेटमा क्रिष्टिएन गुएन्काको पेनाल्टी गोलले अल नासर पछि पर्‍यो ।

४०औँ मिनेटमा गुएन्काले सान्टी मिनाले अलसावका लागि दोस्रो गोल गर्नुभयो । दुई गोलले पछि परेको अवस्थामा भने अल नासरले सानदार पुनरागमन गर्‍यो । ४४औँ मिनेटमा एन्डरसन टालिस्काले अली अल हसनको पासमा गोल गर्दै खेललाई दुई-एकको स्थितिमा ल्याउनुभयो ।

५१औँ मिनेटमा अब्दुलरहमान घारिवले अली अल हसनकै पासमा गोल गर्दै खेललाई दुई-दुई गोलको बराबरीमा ल्याउनुभयो । ५९औँ मिनेटमा रोनाल्डोले निर्णायक गोल गर्दै अल नासरलाई तीन-दुईको जित दिलाउनुभयो ।

यस जितसँगै अल नासरको उपाधि जित्ने सम्भावना जीवितै बनेको छ । दोस्रो स्थानमा रहेको अल नासरको २८ खेलबाट ६३ अंक छ । समान खेलबाटै शीर्षस्थानमा रहेको अल इतिहादको ६६ अंक छ ।

साउदी प्रिमियर लिगमा अब दुई राउण्डको खेल बाँकी रहँदा अल इतिहादसँगै अल नासरको उपाधि जित्ने सम्भावना जीवित छ । अल इतिहादलाई उपाधि जित्न एक जितको खाँचो रहँदा अल नासरलाई आफ्नो खेलमा जित निकाल्नुका साथै अल इतिहादले अंक गुमाउनुपर्नेछ । एजेन्सी