आइएमई डिजिटल सोलुसन लिमिटेडको हृयाप्पी सपिङ याट् बिगमार्ट नामक अफर घोषणा।

काठमाडौं := आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले चितवनस्थित बिगमार्टसँग सम्झौता गर्दै हृयाप्पी सपिङ याट् बिगमार्ट नामक अफर घोषणा गरेको छ ।

अफरको पहिलो चरणअन्तर्गत ग्राहकले जेठ महिनाभरि बिगमार्टमा कुनै पनि सामान खरिद गर्दा आइएमई पेको स्मार्ट क्युआर स्क्यानमार्फत् भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन्।

छुटअन्तर्गत ग्राहकवर्गले प्रत्येक कारोबारमा सय रुपैयाँसम्म छुट पाउन सक्नेछन् र सो छुट प्रत्येक ग्राहकले अफर अवधिभर पाँचपटकसम्म पाउने कम्पनीले जनाएको छ ।

अफरको दोस्रो चरण असार १ देखि साउन ३२ सम्म रहनेछ । सो अवधिमा कम्पनीले चितवन बिगमार्टमा राखिने एक्टिभेसन बुथमा आइएमई पेको खाता सुचारु गर्नुका साथै ग्राहकलाई विभिन्न किसिमका गेम खेलाइने र उपहारसमेत प्रदान गरिने कम्पनीले जनाएको छ ।