बलिउड अभिनेत्री दीपिका पादुकोण ‘ग्लोबल स्टार’

एजेन्सी := प्रतिष्ठित अमेरिकी म्यागजिन टाइमले बलिउड अभिनेत्री दीपिका पादुकोणलाई ‘ग्लोबल स्टार’ भन्दै उहाँमाथि कभरस्टोरी प्रकाशित गरेको छ ।

उहाँ टाइमको कभरमा प्रकाशित हुने पछिल्लो विश्व सेलिब्रिटी हुनुहुन्छ । उहाँले आफ्नो कामबाट विश्वलाई बलिउडमा ल्याउने श्रेय दिएकोसमेत उल्लेख छ ।

टाइमले आफ्नो अन्तर्वार्तामा दीपिकालाई ‘विश्वको सबैभन्दा बढी जनसंख्या भएको देशको सबैभन्दा लोकप्रिय अभिनेत्री’ भनेर चिनाएको छ ।