एजेन्सी := भारतीय राजनीतिज्ञ राघव चड्डासँग अभिनेत्री परिणिती चोपडाको इन्गेजमेन्ट पक्का भएको छ । आम आदमी पार्टीका राज्यसभा सांसद राघव र परिणिती चोपडाले नयाँ दिल्लीमा मे १३ मा इन्गेजमेन्ट गर्न लाग्नुभएको हो ।
आफ्नो सम्बन्धलाई अझै औपचारिक रूपमा सार्वजनिक नगरे पनि उहाँहरू विवाहको तयारीमा एकसाथ देखिनुभएको छ । यसअघि उहाँहरूले गत महिना अप्रिल १० मा इन्गेजमेन्ट गर्ने तयारी गर्नुभएको थियो । तर, त्यो बेला इन्गेजमेन्ट हुन सकेन् र उक्त इन्गेजमेन्ट १३ मे मा सारिएको जनाइएको छ ।
परिणिती अभिनित पछिल्लो चलचित्र ‘उचाई’ले व्यवसायिक रुपमा राम्रो कमाई गरेको थियो । यो चलचित्रको नेपालमा छायांकन गरिएको थियो ।




















