बेलायतका राजा चाल्र्स र रानी क्यामिलाको राज्य अभिषेक सम्पन्न,‘सेन्ट एड्वर्डज क्राउन’ राजाको शिरमा लगाइयो।

बेलायत := बेलायतका राजा चाल्र्स र रानी क्यामिलाको राज्य अभिषेक सम्पन्न भएको छ । वेस्टमिन्स्टर एबे चर्चमा शनिबार भव्य समारोहबीच उहाँलाई आर्चविशपले दिउँसो ३ः४५ (नेपाली समय अनुसार) ‘सेन्ट एड्वर्डज क्राउन’ राजाको शिरमा लगाइदिनुभएको हो । सन् १९५३ मा महारानी एलिजाबेथको राज्य अभिषेकको ७० वर्षपश्चात् पहिलोपटक शनिबार सोे समारोह आयोजना गरिएको हो ।

समारोहमा राजा चाल्र्स ७०० वर्ष पुरानो सेन्ट एडवर्डको कुर्सीमा बस्नुभएको छ उहाँको अभिषेकको लागि १२औँ शताब्दीको सुनको चम्चा र पवित्र तेल प्रयोग गरिएको बताइएको छ । समारोहमा प्रधानमन्त्री ऋषि सुनक र उहाँकी पत्नी अक्षता मूर्तिले झण्डा बोक्नेहरूको काफीले नेतृत्व गर्नुभएको थियो । गत वर्ष सेप्टेम्बर ८ मा महारानी एलिजाबेथको निधनपछि चाल्र्सलाई बेलायतको राजा घोषित गरिएको थियो ।

राजाले पहिरेको सो ताज ३६० वर्ष पुरानो र २२ क्यारेट सुनले बनेको छ । यो ३० सेन्टिमिटर लामो छ, यसको वजन लगभग दुई किलो २३० ग्राम छ । यो दुईवटा अनानासको तौल वा दुई लिटर पानीको बोतलको तौलबराबर हुन्छ । यो मुकुट यसअघि महारानी एलिजाबेथ द्वितीयले सन् १९५३ मा आफ्नो राज्याभिषेकमा लगाउनुभएको थियो । विगत ७० वर्षदेखि यो मुकुट टावर अफ लन्डनबाट विरलै बाहिर आएको छ ।

राजा चाल्र्स निष्ठा व्यक्त गर्दै आर्चविशप सम्मानमा झुक्नुअघि शपले वेस्टमिस्टर एबेमा र घरमा कार्यक्रम हेरिरहेकाहरूलाई यी शब्दहरूका साथ राजा चाल्र्सप्रति बफादारीको शपथ लिन आग्रह गर्नुभएको थियो । उहाँले भन्नुभएको थियो, ‘म कसम खान्छु कि म महाराज, उहाँको उत्तराधिकारी र कानुनमा साँचो निष्ठा राख्नेछु’ रानी कन्सोर्ट क्यामिलालाई पनि ताज लगाइएको छ ।

तर, उहाँलाई शपथ लिन भने भनिएन । उहाँलार्ई रानी मेरीको ताज लगाइयो । राजा चाल्र्सको राज्याभिषेकका लागि करिब दुई हजार मानिसलाई आमन्त्रण गरिएको थियो ।
वेस्टमिन्स्टर एबीमा विम्बहरूले भरिएको र संगीतमय प्रस्तुतिमाझ राज्याभिषेकको विस्तृत समारोह सम्पन्न गरिएको थियोे ।

राज्याभिषेक परेड हेर्ने आशामा अनुकूल स्थान सुनिश्चित गर्नका लागि मानिसहरू रातदेखि नै कुरेर बसेका थिए । वेस्टमिन्स्टर एबीमा करिब दुई घण्टा लामो राज्याभिषेक समारोह चलेको थियो । समारोहमा मुस्लिम, यहुदी, सिख र बौद्ध समुदायका प्रतिनिधिहरू थिए ।

प्रधानमन्त्री ऋषि सुनकले बाइबलको एक अंश वाचन गर्नुभएको थियो । रिपोर्टका अनुसार राज्याभिषेकका लागि एक हजार करोडभन्दा बढी खर्च भएको जनाइएको छ । प्रिन्स ह्यारी, ड्यूक अफ ससेक्स, समारोहको लागि पत्नी मेगनबिना शुक्रबार लन्डन पुग्नुभएको थियो ।