सर्बियामा भएको सामूहिक गोलीकाण्डको युएईद्वारा कडा निन्दा।

अबुधाबी:=युएईले सर्बियामा भएको सामूहिक गोलीकाण्डको कडा निन्दा गरेको छ । उक्त गोलीकाण्डमा धेरैको मृत्यु भएको थियो भने ठूलै संख्यामा घाइते भएका छन् ।

परराष्ट्र र अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयले यस किसिमका आपराधिक कार्यहरूको कडा निन्दा गरेको छ । साथै शान्ति र स्थिरतलाई कमजोर तुल्याउने हरेक प्रकारका हिंसा र आतंकवादको विपक्षमा रहेको पनि स्पष्ट पारेको छ ।

रासस-एएनआई/वाम ।