एजेन्सी:= अफगानिस्तानमा भारी वर्षापछि आएको बाढीमा परी ४ जनाको मृत्यु भएको छ । बाढीमा परी २५ जना घाइते भएका हुन् । बाढीबाट कामा, लालपुर, गोष्टा र कोज कुनार जिल्ला बढी प्रभावित भएका छन् । बाढीबाट सयौं घर डुबानमा परेका छन् भने सडकमा सहरका सयौं सवारीसाधन पनि डुबेका छन् ।
बाढीले यातायात सेवा अवरुद्ध हुनुका साथै ठाउँ-ठाउँमा बिजुली आपूर्ति पनि बन्द भएको छ । बाढी प्रभावितहरुको उचित ब्यवस्थापन नहुँदा सयौंको बिचल्ली भएको छ। मौसमविदहरुले अफगानिस्तानमा भारी वर्षा हुने क्रम जारी रहेकाले सचेत रहन चेतावनी दिएका छन् ।