एजेन्सी := इटालियन सिरी ए को उपाधि नापोलीले जितेको छ।बिहीबार राति सम्पन्न खेलमा उडिनेससँग १–१ गोलको बराबरी खेलेसँगै नापोलीले यस सिजनको सिरी ए उपाधि जितेको हो ।नापोलीका लागि खेलको ५२औं मिनेटमा भिक्टर ओसिमहेनले गोल गरे । उडिनेसका लागि सान्डी लोभरिकले खेलको १३औं मिनेटमा गोल गरेका थिए ।
नापोलीले सन् १९९० पछि पहिलो पटक सिरी ए को उपाधि जितेको हो। त्यस्तै नापोलीले सिरी ए को उपाधि जितेको यो तेस्रो पटक हो। यस अघि १९८६–८७ र १९८९–९० मा सिरी ए को उपाधि जितेको थियो। नापोली ३३ खेलमा ८० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नापोली शीर्ष स्थानमा १६ अंकले अघि रहेको छ ।उडीनेजे ४३ अंक जोडेर १२ औं स्थानमा रहेको छ




















