काठमाडौं := चलचित्र ‘टुल्की’को पोष्टर सार्वजनिक गरिएको छ। जेठ १२ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’को पोष्टर सार्वजनिक गएिको हो ।
सार्वजनिक पोस्टरमा मुख्य पात्र टुल्कीलाई स्थान दिइएको छ ।निर्माता शेखर लामाका अनुसार हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ डोल्पामा छायांकन गरिएको हो । चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामालगायत कलाकारको अभिनय छ ।
देव थापाले निर्देशन गरेको चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्माता, र बाबुलाल लामा कार्यकारी निर्मातामा रहनुभएको छ । चलचित्रको कथा लक्ष्मण सुनारले लेख्नुभएको हो भने स्क्रिन प्ले शेखर लामाको छ ।




















