काठमाडौं := एसीसी प्रिमियम कप क्रिकेटको आज फाइनल खेल हुदैँछ। किर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा नेपाल र संयुक्त अरब इमिरेट (युएई)का बिचमा आज फाइनल खेल हुदैँछ । बिहान ९ बजेवाट सो खेल सुरु हुनेछ ।
आज हुने फाइनल खेलको बिजेता टोलीले भारत र पाकिस्तानलगायतका टिमसँग खेल्न पाउने छन्। सेमिफाइनलमा कुवेतलाई पछि पार्दै नेपालले फाइनलमा स्थान बनाएको हो भने यूएईले ओमानलाई पाखा लगाएको थियो । नेपाल हालसम्म यो प्रतियोगितामा अपराजित रहेको छ । त्यस्तै, पछिल्ला तीन खेलमा यूएईविरुद्ध नेपाल अपराजित रहेको छ ।

जितको लागि २ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाई रहदा खेल वर्षाको कारण खेल रोकिन पुगेको थियो । सो खेल रद्ध भए पछि समुह बिजेता बन्दै नेपाल फाइनलमा प्रवेश गरेको हो भने डकवर्थ लुईस पद्धतिमा २ रनले ओमानलाई हराउँदै युएई नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो ।
यदी, शनिवारको झै पुनः पानी परेको खण्डमा आइसिसीको ओडिआई वरियतामा १४ औं स्थानमा रहेकाे नेपाल र १९ औं स्थानकाे रहेकाे युएईबिचकाे खेल मंगलबार हुनेछ ।




















