मलेसियामा मे ४ तारिख बिहिवार बुद्ध जयन्ती मनाउने तयारी पूरा, नेपालीहरुलाई सहभागी हुन अनुरोध।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर (मलेसिया):= मलेसियामा बुद्ध जयन्ती कार्यक्रम  सभ्य,भब्य रुपले मनाउने तयारी पूरा भएको छ। मलेसियास्थित नेपाली राजदूतावास मलेसियाको प्रमुख आयोजना तथा विभिन्न क्रियाशिल नेपाली संघसंस्थाहरुको संयुक्त आयोजनामा बुद्ध जयन्ती मनाउने तयारी पूरा भएको हो।

यहीँ मे ४ तारिख बिहिवारको दिन मलेसियामा पनि परेको वेसेक डे (vesak Day) को दिन २५६७औं बुद्ध जयन्ती नवितम र सृजनात्मक तवरले मनाउने सम्पुर्ण तयारी लगभग पुरा भैइसकेको बुद्ध जयन्ती ब्यवस्थापक समितिका संयोजक एनआरएनए मलेसिया अध्यक्ष बिनोद थापाले जानकारी दिनुभयो।

शांतिका अग्रदूत मानिने भगवान बुद्धको जन्म नेपालमै भएको र बुद्धका बारेमा सत्य संदेश विश्वभर पुय्राउने र नेपालको पर्यटन प्रबर्द्धन गर्ने सुवर्ण अवसरको रुपमा लिदै बुद्ध जयन्ती मनाउने तय भएको थियो। सोही अनुरुप बुद्ध जयन्तीमा सहभागी हुनलाई नेपालसहित अन्य देशहरुबाट समेत पर्यटन प्रवर्द्धनमा भुमिका खेल्ने प्रतिनिधिहरु मलेसिया आउने क्रम जारी रहेको संयोजक थापाले बताउनुभयो।

बुद्ध जयन्ती मलेसियामामा सहभागी हुन युकेबाट गैर आवासीय नेपाली संघका प्रवक्ता एवम् नेपाल पर्यटन बोर्डका मानार्थ जनप्रतिनिधि सोम सापकोटालाई विमानस्थलमा स्वागत गर्दै  ।

मे ४ तारिखको दिन बिहान नेपाली दुतावास मलेसियाको प्राङ्गणबाट “प्रभात फेरी” य्राली सहित ब्रेकफिल्डमा अवस्थित एक सभाहलमा प्रवेश गर्ने, औपचारीक कार्यक्रम समापन पश्चात साझको समयमा मलेसियाको बौद्ध विहार त्रिरत्नद्वारा आयोजीत बृहत य्रालीमा सहभागी हुने कार्यक्रम तय भएको छ।।औपचारिक कार्यक्रममा भगवान बुद्ध सम्बन्धित साँकृतिक नृत्य , झाँकी समेत प्रस्तुति रहनेछन्।

बुद्ध जयन्ती कार्यक्रम नेपाल र सम्पूर्ण नेपालीहरुको भएकोले उक्त दिन अनुसाशीत र उत्साहजनक सहभागीता जनाउन मलेसियामा कार्यरत सम्पुर्ण नेपाली जनसमुदायमा महामहिम राजदुत डिल्लीराज पौडेलले आग्रह गर्नुभएको छ।