सांसद कोइरीले संसद सचिवालयलाई लेखे पत्र, अस्वस्थ छु, सुधार भएपछि उपस्थित हुन्छु।

काठमाडौं := नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले आफू अस्वस्थ भएको भन्दै संसद सचिवालयलाई पत्र लेखेका छन् । लगातार १० वटा बैठकसम्म बिना सूचना अनुपस्थित रहे सभामुखले सांसद पदबाट पदमुक्त गर्न सक्ने व्यवस्था छ।

महतो १० वटा भन्दा बढी बैठकमा अनुपस्थित भइसकेका छन्। यहीबीच उनले आफू अस्वस्थ रहेको भन्दै संसदलाई पत्र पठाएका छन् । संसद सचिवालयका प्रवक्ता एकराम गिरीले कोइरीले बिरामी भएर संसद बैठकमा अनुपस्थित रहेको जानकारी संसद सचिवालयलाई गराएका छन् । उनका अनुसार यसबीचमा कोइरीले दुई पटक पत्र पठाइएका छन् ।

माघ २५ गतेदेखि असस्थ भइ उपस्थित हुन नसकेको र सुधार भएपछि उपस्थित हुन्छु भनेर उनले पत्र पठाएको संसद सचिवालयले जनाएको छ। महोत्तरी १ बाट निर्वाचित कोइरी २०७२ सालमा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याको घटनाका अभियुक्त हुन् ।