नवनियुक्त लुम्बिनी प्रदेशको मुख्यमन्त्री चौधरीले भोलि सपथ लिने।

दाङ := लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका डिल्लीबहादुर चौधरी नियुक्त हुनुभएको छ । संविधानको धारा १६८ उपधारा २ मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत पुर्याउन सक्ने सदस्यलाई मुख्यमन्ंत्री नियुक्त गर्न सक्ने प्रावधान बमोजिम प्रदेश प्रमूख अमिक शेरचनले चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभयो । नवनियुक्त मुख्यमन्त्री चौधरीले भोलि शपथ लिने हुनु भएको छ ।