गर्मी बढेसंगै एकै दिन देशभरका ३ सय ७९ स्थानमा डढेलो।

dgfª, @* k';M ut dªl;/ !! ut] b]lv nfu]sf] dgfª gf;f] ufpFkflnsf–* tfr}sf] hªunsf] cfuf] cem} lgoGq/0f ePsf] 5}g . cfuf]n] emG8} ;ft ;o x]S6/ hªun ;vfk agfPsf] 5 . dfgjLo Iflt geP klg nf]kpGd'v hªunL hgfj/ / jg:klt gf; u/]sf] 5 . clxn] :yfgLo, lhNnf k|zf;g, g]kfnL ;]gf k|x/L / ;zqsf] 6f]nLn] cfuf] lgoGq0f ug{ nfu]sf] 5 . t:jL/M gjLg nfdL5fg], /f;;

काठमाडौं := पछिल्लो समय अधिकतम तापक्रममा वृद्धि भएसँगै वन डढेलोका घटना पनि ह्वात्तै बढेका छन् । सुक्खा खडेरी बढ्दोक्रमसँगै बुधबार मात्र देशभर एकैदिन १७ जिल्लामा ३ सय ७९ स्थानमा डढेलो लागेको थियो ।

बढ्दो तापक्रम, प्रतिकूल मौसम, वनमा रहेको ज्वलनशील पदार्थको उपस्थिति तथा भौगोलिक विकटताका कारण वन डढेलो नियन्त्रण र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।

वन तथा भू–संरक्षण विभागले दिएको जानकारीअनुसार एकै दिन ३ सय ७९ डढेलोका घटना यस वर्षकै सबैभन्दा उच्च हो । वन डढेलोबाट निस्केको धुवाँका कारण देशभरको आकाश तुवाँलोले ढाकेको छ भने यसको वायुप्रदूषणले जनस्वास्थ्यमा समस्या देखिन थालेको छ ।

नेपालमा खासगरी माघदेखि जेठसम्म बढी वनमा डढेलो लाग्ने गरेको छ । विभागको तथ्यांकअनुसार यही वैशाख १ गते २६ जिल्लाका १ सय १२, २ गते आठ जिल्लाका २८, ३ गते १२ जिल्लाका ३२, ४ गते १० जिल्लाका ६४ र वैशाख ५ गते ३३ जिल्लाका १ सय ८० स्थानमा डढेलो लागेको थियो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।