काठमाडौं := राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक ३९ वर्षका शम्भु भनिने दिलबहादुर थापा चितवनस्थित एक घरको तीन तलामाथिबाट खसेको अवस्थामा फेल पर्नुभएको छ ।
उहाँ बिहान ४ बजे तीन तलामाथिबाट खसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उहाँको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ ।
अहिले उनको भरतपुर मेडिकल कलेजमा उपचार भैइरहेको जनाइएको छ। थापाको घर सिन्धुपाल्चोकको बाह्रबिसे भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।




















