काठमाडौं महानगर र केन्द्रिय सरकारबीच टकराव: सिंहदरबारको फाहोर उठेन।

काठमाडौं := काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्देशनपछि आईतवारबाट उठ्न छोडेको सिंहदरबारको फाहोर हिजो सोमबार पनि उठ्न सकेको छैन। संघ सरकारले आफूलाई नागरिकका समस्या समाधानमा सहयोग नगरेको आरोप लगाउँदै मेयर साहले सिंहदरबार, बालुवाटार र शितलनिवासको फोहोर नउठाउन परिवर्तन सेवा प्रा.लि.का कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो ।

आईतवार बिहान सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मेयर साहले सिंहदरबारका नेताहरुलाई सिस्डोलमा डम्पिङ गर्नुपर्ने र आईतवारबाट सिंहदरबारको फोहोर नउठाउने भनेका थिए । उनको सो अभिव्यक्तिपछि राजनीतिक दलका नेताहरुले उनको बिरोध गरेका छन् । राजनीतिक दलका नेताहरुले जिम्मेवार पदमा बसेर गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मेयर साहको बिरोध गरेका हुन् ।

आईतवारबाट उठ्न छोडेको सिंहदरबार परिसरको फोहोर सोमवार पनि उठेको छैन । सिंहदरबारबाट फोहोर नउठाएपछि अहिले सिंहदरबारको फोहोर पुतली बगैँचामा थुपारिएको छ ।विज्ञहरुले यसलाई संघ सरकार केन्द सरकारबीचको टकराव फोहोरका कारण सिंहदरबारबाट शुरु भएको बताउँदै आएका छन् । महानगरको गैरजिम्मेवारीपनाप्रति केन्द्र सरकारले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।