रास्वपाको दुई करोड रुपैयाँ काण्डको सत्यतथ्य बाहिर ल्याउन सांसदको माग।

काठमाडौं := राष्ट्रिय सभा सदस्य दिलकुमारी रावलले मन्त्री बन्न दुई करोड मागेको विषयको सत्यतथ्य बाहिर ल्याउन सरकारसमक्ष माग गर्नुभएकाे छ ।

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा उहाँले मन्त्री बन्न दुई करोड मागेको विषयमाथि सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि कारबाही गर्न माग गर्नुभएकाे हाे ।

एउटा पार्टी विशेषले मात्र कारबाही गरेर मात्र नहुने भन्दै उहाँले यसमाथि सरकारले नै सत्यतथ्य छानबिन गरेर दोषी पाइए कारबाही गर्नुपर्ने बताउनुभयाे ।

‘अहिले दुई करोडको कुरा आइरहेको छ । यसमाथि सरकारले सत्यतथ्य बाहिर ल्याउनुपर्छ,’ उहाँले भन्नुभयाे, ‘एउटा पार्टी विशेषले मात्रै कारबाही गर्ने कुरामात्रै होइन, सरकारले पनि छानबिन गर्नुपर्छ र कारबाही गर्नुपर्छ ।’