प्रियंका चोपडा डब्लुडब्लुई रेस्लिङ च्याम्पियन जोन सीनासँग हलिउड फिल्म ‘हेड्स अफ स्टेट’ मा खेल्ने।

एजेन्सी:= भारतीय अभिनेत्री प्रियंका चोपडा पछिल्लो केहि बर्षदेखि हलिउडमा स्थापित भएर तहल्का पिटिरहेकी छिन्। त्यसै क्रममा रुसो ब्रदर्सको वेब सिरिज ‘सिटाडेल’ रिलिजअघि अमेजन स्टुडियोबीच प्रियंका चोपडाले पुनः सहकार्य गरेकी छन्।

यस पटक प्रियंकाले अमेजनको आगामी फिल्म ‘हेड्स अफ स्टेट’मा डब्लुडब्लुई रेस्लिङ च्याम्पियन जोन सीनासँग काम गर्दैछिन् । उक्त फिलमको छायांकन आगामी मे महिनादेखि सुरु हुनेछ । प्रियंकाले यस फिलमको घोषणा सामाजिक सञ्जालबाट गरेकी हुन् । प्रियंकाले जोन सिना र इद्रिस एल्बासँग काम गर्न लागेको उल्लेख गर्दै सामाजिक सञ्जाल मार्फत तस्वीरपनि सार्वजनिक गरेकी छन्।

कथा वस्तुबारे नखुलाइएको यस फिल्ममा सफारान कम्पनीका पिटर सफ्रान र जोन रिकार्ड निर्माता रहेका छन्। प्रियंका अहिले आफ्नो आगामी वेब सिरिज ‘सिटाडेल’ को प्रमोशनमा व्यस्त छिन् । यसको प्रमोसनका लागि उनी भारत आएकी छिन् । अमेजन स्टुडियोको यो श्रृंखला अप्रिल २८ मा रिलिज हुने छ ।प्रियंकाको हलिउड फिल्म ‘लभ अगेन’ प्रदर्शनीको तयारीमा छ। योसँगै उनी बलिउड फिल्म ‘जीले जरा’ मा पनि देखिनेछिन्।