सप्तरी := मिटरब्याजीको आरोपमा डा.चन्द्र्कान्त राउत अर्थात सिके राउत नेतृत्वको पार्टी जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेशी पक्राउ परेका छन् । सप्तरीको राजविराजबाट सोमबार बिहान उनलाई प्रहरीले पक्राउ गरेको हो। मिटरब्याजी पीडित काठमाडौं पुगेर न्यायका लागि संघर्ष गरिरहेका बेला उनी पक्राउ परेका हुन्।
गत शनिबार पीडितसँग पाँच बुँदे सहमति गरेको सरकारले मिटरब्याजीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको थियो। साथै मिटरब्याजीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने आवाज प्रतिनिधिसभामा उठेको थियो।




















