वैशाख १० मा हुने उपनिर्वाचनको लागि रवि लामिछानेले गराए उम्मेदवारी दर्ता।

काठमाडौं := राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन-२ मा उम्मेदवारी दर्ता गर्नुभएकाे छ । आगामी १० वैशाखमा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सोमबार लामिछानेले मनोनयन दर्ता गर्नुभएकाे हाे ।

पार्टीको चुनाव चिह्न घण्टी बजाउँदै केही मानिस सहित कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। गत मंसीरमा भएको निर्वाचनमा लामिछाने सोही क्षेत्रबाट विजयी भएका थिए। तर, नागरिकता विवादमा सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गर्ने फैसला गरेको थियो।

सो क्षेत्र रिक्त भएसँगै उपनिर्वाचन हुन लागेको हो। लामिछानेले नागरिकता प्राप्त गरि उम्मेदवारी दिएका हुन्। १० वैशाखमा चितवन-२, बारा-२ र तनहुँ-१ मा उपनिर्वाचन हुँदै छ । जसको सोमबार मनोनयनका लागि समय तोकिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँमा अर्थशास्त्री स्वर्णीम वाग्ले र बारामा पूर्वडिआइजी रमेश खरेललाई उम्मेदवार बनाएको छ।