फिफा बरियतामा सुधारः महिला फुटवल तीन अंक उक्लिदै सयौं स्थानमा।

FILE: Nepal National Women's Football team players pose for a portrait before the game. Courtesy: ANFA/facebook

काठमाडौं := नेपाली महिला राष्ट्रिय फुटबल टोलीको फिफा वरियतामा सुधार भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार जारी गरेको वरियतामा नेपाली टोलीले तीन स्थान सुधार गरेको हो। यसअघिको वरियतामा १ सय तीन स्थानमा रहेको नेपाल त्यसमा तीन अंक सुधार गदैै सयौं स्थानमा आईपुगेको छ ।

गत महिना नेपाल र भारतबीच दुई मैत्रीपूर्ण खेलपछि भएको फिफा वरियतामा नेपालको सुधार गर्न सफल भएको हो । नेपाल र भारतबीच गत फागुन ३ गते पहिलो मैत्रीपूर्ण खेलमा २–२ र दोस्रो खेल गोलरहित बराबरीमा टुंगिएका कारण बरियतामा सुधार ल्याउन सफल भएको हो ।

ओलम्पिक छनोटको तयारीका क्रममा प्रशिक्षण रहेको नेपाली टोलीलाई यस वरियता सुधारले उत्साह थपिदिएको छ। महिला फुटबलमा छिमेकी भारत भने नेपाल भन्दा ३९ अंक अगाडी अर्थात यस अघि कै यथास्थान ६१ औं स्थानमा छ भने दक्षिण एसियाका अन्य देश भने नेपाल भन्दा पछाडी परेका छन।

जसअनुसार बंगलादेश १ सय ४० औं, श्रीलंका १ सय ५५ औं, माल्दिभ्स १ सय ५९ औं, पाकिस्तान १ सय ६१ औं र भुटान १ सय ७८ औं स्थानमा छन्। महिला फिफा वरियतामा अमेरिका शीर्षस्थानमा रहदा जर्मनी दोस्रो, स्विडेन तेस्रो, इङ्ल्यान्ड चौथो र फ्रान्स पाँचौं स्थानमा छ ।