काठमाडौं := हाँस्य टेलिश्रृंखला मेरी बास्सैमा हाँस्यकलाकार माग्ने बुढा उर्फ केदार घिमिरे फेरि देखिने हुनुभएको छ। आज (मंगलबार) प्रशारण हुने मेरी बास्सैमा माग्ने बुढाकै भूमिकामा घिमिरे प्रस्तुत हुने मिडिया हवले जनाएको छ ।
मिडिया हबले केदार घिमिरे र बेनिशा हमाल समावेश मेरी बास्सैको पोष्टर सार्वजनिक गरेर माग्ने बुढा फेरि मेरी बास्सैमा समावेश हुन लागेको जानकारी दिएको छ। मेरी बास्सैको मंगलबारको श्रृंखलामा केदार घिमिरेसँगै बेनिशा हमाल पनि देखिनुहुनेछ।
मेरी बास्सै माग्ने बुढालाई चिनाएको टेलिफिल्म हो। उहाँलाई यसै टेलिफिल्मले माग्ने बुढाका रुपमा परिचय दिएको थियो। आफूलाई परिचय दिएको टेलिफिल्ममा फेरि देखिन पाउँदा उत्साहित भएको घिमिरेले बताउनुभएको छ।




















