एजेन्सी (साउदी अरेबिया):= साउदी प्रो लिगअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा अल नासरले अल वेहदालाई पराजित गरेको छ । किंग अब्दुल अजिज स्टेडियममा सम्पन्न खेलमा अल नासरले घरेलु टोलीमाथि ४-० गोलअन्तरको जित निकालेको हो ।

नासरको जितमा पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले चार गोल गरे । योसँगै उनले आफ्नो करियरको ५०० औं लिग गोल पनि पुरा गरेका छन् । जितसँगै अल नासर लिगको शीर्षस्थानमा उक्लिएको छ ।



















