टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी २० हजार भन्दा बढीको मृत्यु।

एजेन्सी := टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी २० हजार २९६ जनाको मृत्यु भएको छ । सोमबार बिहानै गएको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी हालसम्म टर्कीमा १७ हजार १३४ र सिरियामा तीन हजार १६२ जनाको मृत्यु भएको हो ।

उद्धारकर्मीहरूले अझै पनि आफ्नो काम जारी रोखका छन् । तर सय घण्टा बितिसकेकाले अब जिवितै उद्धार गर्न सकिने सम्भावना कम हुँदै गएको बीबीसीले जनाएको छ। उद्धार टोलीहरूलाई सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा खटाइएको छ। हजारौँ भत्किएका भवनहरू र चिसो तापक्रममा उनीहरूले उद्धारमा कठिनाइ भोगिरहेका छन् ।

उक्त भूकम्पमा परी मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । विश्व स्वास्थ्य संगठनले भूकम्पबाट ती दुवै देशमा गरी दुई करोड ३० लाख मानिस प्रभावित हुने अनुमान गरेको छ ।