प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता।

काठमाडौं:= प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको छ । बुधबार बिहान प्रधानमन्त्री प्रचण्ड छलफलका अध्यक्ष ओलीको निवास बालकोट पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटवार्ता जारी छ ।

भेटवार्तामा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच पछिल्लाे समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रपति निर्वाचन र मन्त्रिपरिषदलाई पूर्णता दिने लगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ ।

राष्ट्रपति आफूले पाउनुपर्ने र गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनुपर्ने एमालेकाे अडान छ । तर गृह मन्त्रालय नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिसकेको छ । सभामुख र केही महत्वपूर्ण मन्त्रालय पाइसकेको एमाले भने प्रधानमन्त्री दाहाललाई फकाएर राष्ट्रपति पद पनि हात पार्ने रणनीतिमा रहेकाे छ ।