साफ यू–२० महिला फुटबल: उपाधिका लागि फाइनलमा नेपाल र बंगलादेश भिड्ने।

बाङ्लादेश := साफ यू-२० महिला च्याम्पियनसिपको उपाधिका लागि फाइनल खेलमा नेपालले भोलि बिहिवार आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ।

समूहको अन्तिम खेलमा मंगलबार भुटानलाई ५–० ले हराउँदै बंगलादेशले नेपालविरुद्धको उपाधि भिडन्त तय गरेको हो ।मंगलबार नै भएको पहिलो खेलमा भारतलाई ३–१ ले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको थियो ।

चार टोली सहभागी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको समुह चरण राउण्ड रोबिन लिगको आधारमा खेलाइएको थियो । तीन खेलबाट ७ अंक जोड्दै बंगलादेश समुह विजेता बन्यो भने ६ अंक जोडेको नेपाल दोस्रो भयो ।