नेपालमा अन्तर्राष्ट्रिय रेमिट्यान्स सम्मेलन आयोजना हुने।

काठमाडौं := नेपाल मुद्रा विप्रेषक संघले नेपालमा नै अन्तर्राष्ट्रिय रेमिट्यान्स सम्मेलन गर्ने भएको छ । संघको प्रतिनिधिमण्डलले आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेट गरी सम्मेलनबारे जानकारी गराएको छ ।

संघका अध्यक्ष चन्द्र टण्डनले मुद्रा विप्रेषक संघले निकट भविष्यमै नेपालमा अन्तर्राष्ट्रिय रेमिट्यान्स सम्मेलनको आयोजना गर्न लागिएको र सम्मेलन सम्बन्धित मन्त्रालयको समेत दायित्व भएको भन्दै सहयोगका लागि आग्रह गर्नुभयो ।

सो अवसरमा संघले रेमिट्यान्स व्यवसायका साथै विदेशमा रहेका श्रमिकको हक अधिकार सुरक्षित गर्न मन्त्रालयले चाल्नुपर्ने कदमका विषयमा समेत छलफल भएको जनाएको छ।

वैधानिक माध्यमबाट रेमिट्यान्स भित्र्याउन सरकारतर्फबाट नगद इन्सेन्टिभ दिन तथा अन्य कुनै मोडल अपनाउन पनि संघले आग्रह गरेको छ । मन्त्री अर्यालले विभिन्न देशमा अलपत्र परेका नेपालीहरू नेपाल ल्याउन नसकेका बेवारिसे शवहरू ब्लड मनी तिर्न नसकेर विभिन्न जेलमा थुनिएका नेपालीको तथ्यांक द्रुत गतिमा संकलन गरी आवश्यक पहल भइरहेको बताउनुभयो ।