रास्वपा सरकारमा जानु गलत थियो, मन्त्रीमात्रै हैन समर्थन पनि फिर्ता लिनुपर्छ : गणेश कार्की।

काठमाडौं := राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी सरकारमा जानु गलत भएको बताउनु भएको छ।आईतवार बसेको रास्वपाको बैठकपछि प्रतिक्रिया दिँदै कार्कीले पार्टी सरकारमा जानु गलत भएको र अब कोर्स करेक्सन गर्ने बेला आएको बताउनु भयो ।  पार्टीले सरकारलाई कायम राखेको समर्थन पनि फिर्ता लिनुपर्ने उहाँको भनाइ छ ।

रास्वपाले आजै सरकारबाट बाहिरिने घोषणा गरिसकेको छ । पार्टीबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपालाई गृहमन्त्री त्यागेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको प्रस्ताव गरेकोमा लामिछानलेले उक्त प्रस्ताव अस्वीकार गर्दै सरकारबाट बाहिरिने निर्णय गरेका हुन् ।