नेपाल तामाङ घेदुङ मलेसियाद्वारा आयोजित सोनाम ल्होछार तथा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न(फोटो फिचर)

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत सम्पूर्ण तामाङ तथा गैर तामाङ नेपाली दाजुभाई तथा दिदिबहिनीहरुो उल्लेख्य सहभागीता, उपस्थितिमा आईतबार मलेसियाको राजधानी क्वालालम्पूर स्थित होटल ग्रान्ड कन्टिनेन्टलमा सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रम भव्यताको साथ सम्पन्न भएको थियो।

तामाङ जातिको यसपालीको सोनाम ल्होछार पर्वमा ”विश्व भरि छरिएर रहेका तामाङहरु एक हौँ,सोनाम ल्होछार २८५९ लाई भव्य रुपले सफल पारौँ ” भन्ने मुल नारा रहेको थियो । हरेक साल नयाँ बर्षको रूपमा ल्होछार पर्व मनाउने गरिन्छ ।

ल्होछार कार्यक्रममा अध्यक्ष मिलन थिङ तामाङको सभापतित्व तथा नेपाली राजदूतावास मलेसियाका महामहिम राजदुत डिल्लीराज पौडेलको प्रमुख आतिथ्यमा र एनआरएनए मलेसियाको अध्यक्ष बिनोद थापाको विशेष अतिथ्यता तथा  विभिन्न संघसंस्थाको पदाधिकारीहरुको अतिथ्यता तथा अत्याधिक दर्शकको भिडको बीचमा सम्पन्न भएको हो।

कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरु गायक/संगीतकार उर्गेन दोङ,सेलो गायिका सुमिना लो,म्हेन्दोमाया गायक आशिष गोङ्बो यसैगरि मोडेल यांगी दोङका साथ स्थानीय कलाकारहरूको अब्बल प्रस्तुती सँगै सेलो देखि विविध किसिमका उत्कृष्ट गीत तथा नृत्य हरु प्रस्तुत गरेर कार्यक्रममा रौनकमय बनाएका थिए ।

यसपालीको सोनाम ल्होछार कार्यक्रमका संयोजकको जिम्मेवारीमा संस्थाका प्रमुख सल्लाहकार जगत दोङ तामाङ रहनुभएको थियो भने कार्यक्रम संचालन मिलान दोङ तामाङ र बम बहादुर बम्जन तामाङले गरेका थिए ।साँस्कृतिक कार्यक्रम सम्पन्न भए सँगै भाग्यशाली चिठ्ठा कार्यक्रमको पनि आयोजना गरेको थियोे ।