यस्तो छ मन्त्रीहरूको वरियता र कार्य विभाजन [सूचीसहित]

काठमाडौं := प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रीपरिषद् २१ दिनपछि विस्तारको काम पूरा भएको छ। नवनियुक्त उप-प्रधान एवंम उर्जामन्त्री राजेन्द्र लिङ्देनसहितका मन्त्रीहरूलाई आज मंगलबार सपथ ग्रहण गराउँदै मन्त्रीपरिषद् विस्तार भएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्य विभाजन गरकी हुन् ।