राप्रपाबाट तीन मन्त्रीको टुंगो लाग्यो, लिङ्देन उप-प्रधानसहित ऊर्जामन्त्री।

{"caption":"nu0930u093eu0937u094du091fu094du0930u093fu092f u092au094du0930u091cu093eu0924u0928u094du0924u094du0930 u092au093eu0930u094du091fu0940u0915u093e u0928u0935u0928u093fu0930u094du0935u093eu091au093fu0924 u0905u0927u094du092fu0915u094du0937u092eu093e u0930u093eu091cu0947u0928u094du0926u094du0930 u0932u093fu0919u094du0926u0947u0928 u0964 u0924u0938u094du092cu093fu0930 : u0905u0928u093fu0936 u0930u0947u0917u094du092eu0940/u0915u093eu0928u094du0924u093fu092au0941u0930","photographer":"","alt_text":""}

काठमाडौं:= राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरकारमा सामेल हुने मन्त्रीहरूको नाम टुंगो लागेको छ । मंगलबार बिस्तार हुने मन्त्रिपरिषदमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री बन्ने भएका छन् ।

राप्रपाले तीन मन्त्रालय पाएको छ । राप्रपाबाट लिङ्देन, उपाध्यक्ष विक्रम पाण्डे र ध्रुबहादुर प्रधान मन्त्री बन्न लागेका हुन्। राप्रपाका एक नेताका अनुसार पाण्डे सहरी विकास र प्रधान कानुन मन्त्री बन्ने भएका छन् । राप्रपामा महामन्त्री धवलशमशेर राणा, दीपक बोहोरा र पशुपतिशमशेर राणा मन्त्री बन्न इच्छुक थिए ।

तर, तीन मन्त्रालय मात्र भागमा परेकाले उनीहरू मन्त्री सकेनन्।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् बिस्तार गर्ने भएका छन् । दिउँसो १ बजे नवनियुक्त मन्त्रीहरूले शपथ लिने गरी तयारी भइरहेको छ ।