बलिउड अभिनेत्री राखी सावन्तले प्रेमी आदिल दुर्रानीसँग गरे विहे, तस्वीर सार्वजनिक।

एजेन्सी (मुम्बई):= बलिउड अभिनेत्री राखी सावन्तले प्रेमी आदिल दुर्रानीसँग लगन गाँठो कसेको तस्वीरहरू सार्वजनिक गर्नुभएको छ । लामो समय प्रेममा रहेको यो जोडीले सात महिनाअघि नै कोर्टमा गएर विवाह सम्पन्न गरेका थिए ।

२०२२ जनवरी २९ मै कोर्ट म्यारिज गर्नुभएकी राखीले वुधबारमात्र आधिकारिक रूपमा दुर्रानीसँग आफ्नो विवाह भएको घोषणा गर्दै कोर्ट वेडिङका तस्वीर शेयर गर्नुभएको हो । राखीले आफ्नो सामाजिक सञ्जालमा तस्वीरसहित आफू विवाहित भएको खबर सार्वजनिक गरे तापनि आदिले भने यसबारे केही बोल्नुभएको छैन ।

हैदरावादका आदिल पेशाले एक व्यापारी हुनुहुन्छ । आदिल उमेरले राखीभन्दा कान्छा हुनुहुन्छ । राखी ४५ वर्षकी हुनुभयो भने आदि २७ वर्षका । पूर्वपति रितेश सिंहसँग सम्बन्धविच्छेद गरेपछि आदिल र राखी नजिकिनुभएको थियो। राखीको पहिलो विवाहको बारे पनि दर्शकहरू अनविज्ञ थिए । ‘बिग बोस’मा प्रवेश गरेपछिमात्र राखी र रितेशको वैवाहिक सम्बन्धबारे खुलासा भएको थियो ।