काठमाडौं:= गृह मन्त्रालयले नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ । मन्त्रालयले बिहीबार सातै प्रदेशका डीआईजीहरुको काज सरुवा गर्ने निर्णय गरेको हो। सरुवा सूचीको पहिलो नम्बरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा कार्यरत नलप्रसाद उपाध्याय राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, काठमाडौं सरुवा भएको उल्लेख छ ।
दोस्रोमा डीआईजी मोहनकुमार आचार्य रहेका छन् । उनी सुदूरपश्चिम प्रहरी प्रदेश कार्यालयबाट केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जमा सरुवा भएका छन् । तेस्रोमा मधेशका प्रहरी कार्यालयबाट डीआइजी मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी सरुवा भएका छन्। चौँथोमा डीआईजी बसन्त बहादुर कुँवर प्रहरी प्रधान कार्यालय नक्सालबाट मधे प्रदेशमा सरुवा भएका छन् । पाँचौँमा प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी प्रवक्ता टेकप्रसाद राई लुम्बिनी प्रदेशमा सरुवा भएका छन् ।
छैँटौँमा डीआईजी अशोक सिंह प्रहरी प्रधान कार्यालय नक्सालबाट सुदूरपश्चिम सरुवा भएका छन् । यस्तै क्रमशः प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी दिपक थापा बागमती प्रदेश, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत डीआईजी श्यामलाल ज्ञवाली प्रदेशन नम्बर १, बागमती प्रदेशमा कार्यरत किरण बज्राचार्य नक्साल, डीआईजी सन्दिप भण्डारी भरतपुर चितवनबाट नक्साल, सुदिप गिरी प्रदेश १ बाट नक्साल सरुवा भएका छन् ।
यस्तै, नक्सालमा कार्यरत डीआईजी भीमप्रसाद ढकाल कर्णाली प्रदेश, गण्डकी प्रदेशमा कार्यरत डीआईजी रामदत्त जोशी नक्साल काठमाडौं, कर्णाली प्रदेशमा कार्यरत पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवाल, नक्साल, डीआईजी बुद्धिराज गुरुङ महाराजगन्जबाट गण्डकी प्रदेश, डीआईजी दुर्गा सिंह महाराजगन्जबाट चितवन र डीआईजी किरण राना रानीपोखरीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवमा भएका छन् ।























