धनकुटा स्थायी घर भई हाल जापानको टोकियो स्थित ताकाराजुका दाइगाकु(日本語)मा अध्ययनरत वर्ष २७ का अनिस कटुवालको निधन भएको छ ।
मृतक अनिस कटुवाल
मृतक का आफन्त हरुका अनुसार मृतक अनिस बिगत १ बर्ष देखि अध्यनको सिलसिलामा जापान पुगेका थिए । गत राती कलेज बाट अचानक फोनमा कटुवाल गतराती बाथरुममा मृत अबस्थामा फेला परेको सूचना परिवार श्रोतले जानकारी गराए ।
कटुवालको आत्माहत्या वा हत्या केही खुल्नमा आएको छैन। अहिले प्रहरीले मृतकको सव पोस्टमार्टमको लागि हस्पिटल पठाएर थप अनुसन्धान गरिरहेको जानकारी आएको छ ।




















