मलेसियामा बाढीको वितण्डता, ७० हजारभन्दा बढी मानिस उद्धार केन्द्रमा,कैयौंको मृत्यु। ।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा केहि दिनदेखि मनसुनको कारण लगातार परिरहेको बर्षाको पानीले आएको बाढीले देशको उत्तरी क्षेत्रमा डुबानमा पर्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । बाढी पहिरोपछि ७० हजारभन्दा बढीलाई उद्धार केन्द्रमा पुर्‍याइएको मलेसियालि अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

केलान्तान राज्यमा ३१ हजारभन्दा बढी मानिसहरु आफ्नो घर छोडेर भागेका छन् भने हप्ताको अन्त्यमा बाढी आएपछि ३९ हजारभन्दा बढी बासिन्दालाई छिमेकी तेरेन्गानुमा अस्थायी आश्रयस्थलमा सारिएको आधिकारिक राष्ट्रिय समाचार संस्था बर्नामा समाचार संस्थाले जनाएको छ । वर्षापछि प्रभावित क्षेत्रमा पानीको सतह बढेर तीन मिटरसम्म पुगेको जनाइएको छ।  BERNAMA