रवि नेतृत्वको रास्वपाका कार्यकर्ताले भारतबाट सुटर मगाएर मलाई मार्न लाग्यो: युवराज।

काठमाडौं := रवि लामिछानेले त्यागेको नेपाली नागरिकता नै प्रयोग गरेर निर्वाचन लडेको, नेपाली र अमेरीकी पासपोर्ट रहेको जस्ता विषयमा निर्वाचन आयोग, गृहमन्त्रालय, सर्वोच्च अदालतमा समेत उजुरी दिएका युवराज सफलले आफूलाई हत्या गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले भारतबाट सुटर मगाएको दावी सहित शान्ति सुरक्षाका लागि प्रहरीमा निवेदन दिएका छन् ।

आज दिएको निवेदनमा उनले रवि लामिछानेको पार्टीका कार्यकर्ताले आफूलाई ज्यान मार्ने धम्की दिएको बताएका छन्। ‘गृह मन्त्रालयमा केस दर्ता भएको समाचार बाहिर आएपछि रवि लामिछाने समुहको बैठक रवि लामिछानेको सक्रियतामा बसी आफ्नो विरुद्ध केस हाल्ने व्यक्तिलाई भौतिक रुपमा नै सिध्याउने भनी उनीहरुको समर्थक, शुभ चिन्तकहरुले म निवेदक युवराज पौडेल सफलको हत्या गर्न दाङ्ग जिल्ला घर भएका पूर्ण बहादुर बिक नाम र वतन नखुलेका मगर थरका अर्का व्यक्तिले दुई जना भारतीय सार्प सुटर अंकित चौधरी ९ आधार कार्ड नं।३४९९४७७०५५२४० र आधार कार्ड नं। नखुलेका अमरजीत चौधरीलाई नेपाल झिकाएको र कलंकी स्थित बाबा गेष्ट हाउसमा मिति २०७९।०८।१० गते झिकाएको ,दुई जनामध्ये अमरजीत चौधरी केही दिनमा बाहिरिएको र अंकित चौधरी मिति २०७९।०८।१८ गतेका दिन सो गेष्ट हाउसबाट बाहिरिएको गोप्य सुचना मेरो गोप्य सुत्रबाट थाहा पाएँ ।

सुचना थाहा पाएपछि सो गेष्ट हाउसबाट उनीहरु अन्तै सरिसकेको खबर प्राप्त भयो र गेष्ट हाउस संचालक संचालकसँग कुरा गर्दा निजहरु १८ गते नै गेष्ट हाउस छोडेर गएको भन्ने जवाफ प्राप्त भयो’ उनले प्रहरीलाई दिएको निवेदनमा लेखेका छन्।

केही दिनअघि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव एंव प्रवक्ता डा। मुकुल ढकालले भारतीय दुतावास गई भारतीय दुतावासमा गई दुतावास कर्मचारी र रअका अधिकारीहरुसँग भेट समेत गरेको र यसै पेरिफेरिमा भारतीय सार्प सुटर आफ्नो हत्याको लागि आएको भन्दै छानबिनको मागसमेत गरेका छन्। यस विषयमा प्रहरी स्रोतले अध्ययन भईरहेको जनाएको छ ।