पेलेले विश्वकप जितेका अर्जेन्टिना लियोनल मेस्सीलाई दिए बधाई, र एम्बप्पेलाई सहानुभूति।

एजेन्सी := झण्डै एक महिना लामो कतार विश्वकप आइतबार अन्त्य भएको छ । अन्ततः आफ्नो अन्तिम विश्व कपमा लियोनल मेस्सी अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन सफल भएका छन् । विश्वभरबाट समर्थकहरुले बधाई दिने क्रम जारी छ । जसमा ब्राजिलियन महान खेलाडी पेलेले पनि अर्जेन्टिनालाई सफलताका लागि बधाई दिएका छन् ।

अर्जेन्टिनालाई बधाई दिने क्रममा उनले आफ्ना मित्र डिएगो म्यारोडोनालाई पनि स्मरण गरेका छन् । विश्वकप चलिरहँदा पेलेको मृत्यु भएको गलत हल्ला चलेको थियो । उनको परिवारले समवेदनाको ग्रहणबाट आजित भइसकेको बताएका छन् ।

‘सदाजस्तै आज फुटबलले आफ्नो कथाको निरन्तरता पाएको छ । लियो मेसीले आफ्नो विश्वकप जितेका छन् । उ त्यसका लागि उनीहरु हकदार थिए’, ८२ वर्षे पेलेले साउ पाउलोको अस्पतालबाट इन्स्टाग्राममा खेलेका थिए । झण्डै तीन साता उनी अस्पतालमा छन् । उनको स्वास्थ्यमा सुधार आइरहेको बताएका छन् ।

पेले विश्वकै एक मात्र खेलाडी हुन् जसले ३ पटक सन् १९५८, १९६२ र १९७० मा विश्व कप जितेका थिए । उनले अर्जेन्टिनालाई बधाई दिएका छन् । अर्जेन्टिनाको यो तेस्रो विश्व कप उपाधि हो । फ्रान्ससँगको फाइनलमा ३–३ को बराबरीपछि पेनाल्टीमा ४–२ ले विजयी हुँदै मेस्सीको अर्जेन्टिनाले विश्व कप जितेको थियो । मारियो केम्पेसको नेतृत्वमा १९७८, म्यारोडोनाको नेतृत्वमा १९८६ मा अर्जेन्टिनाले विश्व कप जितेको थियो । म्यारोडोनको दुई वर्षअघि निधन भएको थियो ।

उनले एम्बाप्पेप्रति समेत सहानुभुति व्यक्त गरेका छन्। पेलेले भने, ‘मेरो प्यारो साथी एम्बाप्पे तिमीले फाइनलमा गरेको चार गोल हेर्न पाउनेहरुका लागि भविष्यमा हाम्रो खेलका लागि कति ठूलो उपहार हुनेछ।’ साथै उनले अफ्रिकन टिम मोरक्कोले गरेको प्रदर्शनका लागि समेत अफ्रिकन टिमलाई बधाई दिए।उनले भने, ‘मोरक्कोले देखाएको प्रदर्शनले चम्किरहेको अफ्रिका देखाएको छ। उसको अविश्वसनीय यात्राका लागि बधाई नदिइरहन सकिन्न।’

म्यारोडोनाको सम्झना

‘डिएगो पक्कै मुस्कुराइरहेका छन्’, पेलेले लेखेका छन् । उनले मोरोक्कोको प्रदर्शनलाई पनि चर्चा गरेका छन् । मोरोक्को विश्व कपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टोली बनेको छ । सेमिफाइनलमा मोरोक्को फ्रान्ससँग पराजित भएको थियो ।