इस्लामावाद:= अफगानिस्तानको तालिवान फौजले पाकिस्तानको सीमावर्ती सहर चमनमा आक्रमण गरेको छ। सो आक्रमणमा परी सातजना पाकिस्तानी सर्वसाधारणको मृत्यु भएको छ भने बम तथा गोली प्रहारबाट १७ जना घाइते भएका छन् ।
आक्रमणपछि अफगानिस्तान र पाकिस्तानबीचको तनाव बढेको छ । पाकिस्तानी सेनाले घटनाको भर्त्सना गर्दै अफगान भूमिमा ‘अन्धाधुन्ध गोली प्रहार गरेको’ गरेको बताइएको छ ।पाकिस्तानले गरेको जवाफी आक्रमणमा एक जना सैनिकको ज्यान गएको र केही घाइते भएका जनाइएको छ ।
बलुचिस्तान प्रान्तको चमन दुई देशबीचको प्रमुख व्यापारिक नाका हो । उक्त नाकाबाट दैनिक हजारौं मानिस ओहोरदोहर गर्ने गर्छन् । घटनापछि बन्द भएको आवागमन वार्तापछि खुला गरिएको अधिकारीहरूले बताएका छन् । एजेन्सी



















