वैदेशिक रोजगारीमा गएकामध्ये १ हजार ४७९ जना नेपालीको मृत्यु, आत्महत्या गर्नेको संख्या १ सय ५ जना।

काठमाडौं := गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीमा गएकामध्ये  १४७९ जनाले ज्यान गुमाएका छन् । बिरामी, आत्महत्या, सडक दुर्घटना लगायतका कारणबाट उनीहरूको ज्यान गएको मानव अधिकार आयोगले जनाएको छ  ।

आयोगको तथ्यांकअनुसार मलेसिया र खाडी मुलुकमा अधिक नेपालीको मृत्यु हुने गरेको पाइएको छ । यी मुलुकमा मृत्युदर झण्डै ७५ प्रतिशतको हाराहारी रहेको तथ्यांकमा उल्लेख छ । कुल संख्यामध्ये वैदेशिक रोजगारीमा गएका १०५ जनाले आत्महत्या गरेकोसमेत तथ्यांकमा उल्लेख छ ।