मल्दिभ्समा बिकिनी लुक्समा देखिइन् भारतीय अभिनेत्री जान्हवी कपुर।

मुम्बई:= भारतीय अभिनेत्री जान्हवी कपुर अभिनयसँगै सोशल मिडियामा पनि उत्तिकै सक्रिय रहेको पाइन्छ । उहाँले आफ्ना फ्यानहरूमाझ आफ्ना अपडेटहरू साझा गर्नेगर्नुहुन्छ । उहाँका भिडियो र तस्वीर इन्टरनेटमा आउने बित्तिकै निकै रुचिका साथ हेर्ने गरेको पाइन्छ ।

पछिल्लो समय जान्हवीले माल्दिभ्सबाट आफ्ना धेरै बिकिनी तस्वीरहरू शेयर गर्नुभएको छ । जान्हवीले माल्दिभ्समा छुट्टी मनाउँदाका करिब आठ तस्वीर शेयर गर्नुभएको छ । कतिपयमा उहाँ कलरफुल फ्लावर प्रिन्ट मोनोकिनीमा देखिनुभएको छ भने केहीमा सुन्तला रंगको बिकिनीमा । एजेन्सी ।