सन् २०२३ जनवरी २२ देखि २४ तारीखसम्म “हिमालयन गोल्डकप फुटबल”आयोजना हुने।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा हिमालयन फुटबल क्लबको आयोजनामा पाँचौ संस्करणको “हिमालयन गोल्डकप फुटबल” प्रतियोगिता नयाँ बर्ष २०२३ जनवरी २२ तारिखदेखि २४ तारीखसम्म आयोजना हुने भएको छ।

यस गोल्डकप मलेसियाको साहआलमको पानासोनीक फुटबल स्टिडियममा अङ्ग्रेजी नयाँ बर्ष सन् २०२३ जनवरी २२ देखि २४ तारीखसम्म बिहानको समय १०:०० बजे देखि राति १०:०० बजे सम्म संचालन हुने हिमालयन फुटबल क्लब मलेसियाको अध्यक्ष सन्तोष कार्कीले बताए।

अध्यक्ष सन्तोष कार्कीले बताए अनुसार पाँचौं हिमालयन फुटबल गोलकपको पुरस्कार राशी प्रथम २५ हजार र दोस्रो १० हजार मलेसियन रिंगेट रहको छ । कोरोना भाइरसको माहामारी पश्चात् नेपाली क्लबले आयोजना गर्ने यो पहिलो प्रतियोगिता आयोजना हुन लागेको हो। अब पहिले जस्तै सकृयताका साथ धेरै प्रतियोगिताहरु गरि मलेसियामा आप्रवासी फुटबल प्रतियोगिताको तयारी गर्ने अध्यक्ष सन्तोष कार्कीले बताए।

साथै हिमालयन फुटबल क्लब नेपालको पहिचानयुक्त फुटबल क्लब भएकोले मलेसियामा रहेका सबै नेपालीको रहेकोले सबैले साथ सहयोग गर्न अध्यक्ष कार्कीले आग्रह गरे। पाचौं हिमालयन गोल्डकपमा मलेसियाको उत्कृष्ट फुटबल प्रतियोगिता साबित हुने र १५ फुटबल क्लबको सहभागिता रहने हिमालयन फुटबल क्लबका ब्यबस्थापक राजु तामाङले बताए।

हिमालयन फुटबल क्लबले प्रत्येक दिन खेलाडिहरुलाई तयारी तालिम प्रदान गरिरहेकोले टिमले राम्रो नतिजा ल्याउने क्लबका प्रशिक्षक पुर्ण लिम्बुले बताए । यस गोल्डकपमा सहभागी हुने फुटबल क्लबहरुले २०२३ जनवरी १ देखि १५ तारिख सम्ममा टिम दर्ता गराउनु पर्नेछन्। साथै टिम दर्ता र गोल्डकपको थप जानकारीको लागि आयोजकलाई सम्पर्क गर्न सकिने अध्यक्ष कार्कीले बताए।