काठमाडौं := एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाउनु भएको छ ।
एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेको छ । विवादास्पद युनिफिकेशन चर्चसँग आवद्ध होली वाइन भनी चर्चित नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई एमालेले समानुपातिकबाट प्रतिनिधि सभाको सदस्य बनाएको भन्दै रावलले आपत्ति जनाउनु भएको हो ।
ढकाललाई सांसदमा सिफारिस गरेपछि एमालेभित्रै विरोध भइरहेको छ । यसबारे सामाजिक सञ्जाल ट्वीटरमा भीम रावलले लेख्नुभएको छ ।
‘अमेरिकामा कर छलीको आरोपमा २ वर्ष र कोरिया जासुसीको आरोपमा ३ वर्ष कारावासको सजाय भोगेका सन मुङ मुनद्वारा स्थापित विवादास्पद युनिफिकेशन चर्चसँग आवद्ध होली वाइन भनी चर्चित नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई नेकपा एमालेले समानुपातिकबाट प्रतिनिधि सभाको सदस्य बनाएको छ । परिवार दलले ढकालको हस्ताक्षरबाट चुनावमा उम्मेदवार पनि उठाएको छ । एकसाथ एउटा दलको अध्यक्ष र अर्का दलको समानुपातिक प्रणालीबाट प्रतिनिधि सभाको सदस्य, क्या चमत्कार ! राजनीतिमा नैतिकताको खडेरी ! स्मरणीय छ ढकालको विवाह पनि विदेशी महिलासँग भएको छ ।’
यसैगरि एमाले नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पनि उक्त निर्णयको विरोध गर्नुभएको छ । उहाँले लेख्नुभएको छ-
‘एकनाथको योगदान मलाई थहा छैन र म चिन्दीन पनि तर समानुपातिक सिस्टटम हैन नेताहरुको तजवीज रहेछ त्यो पक्का हो अब था भो।’
यसैगरि यति बेला एमाले समर्थकहरुले एमालेको उक्त निर्णयको चौतर्फी आलोचना गरेर सामाजिक सञ्जाल तताएका छन् ।प्रदीप भट्टराईले ट्वीटरमा एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई मेन्सन गर्दै लेख्नुभएको छ ।
रोल्पामा बसेर गर्दनमा खुकुरी राखी एमाले जोगाएका कुमार दसौदी सौताको छोरा हुने अनि कुनै योगदान नभएका एकनाथ ढकाल आफ्नो छोरा हुने ? के एमाले नेताले विबेक पुर्याएकै हुन र ? नेतृत्व जवाफ देउ।
यसैगरि बिद्रोहि दमन धादिङ्गेले ओली, पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाललाई मेन्सन गर्दै लेख्नुभएको छ–
यसरी नै नीराजन शर्मा (उमेश दुलाल) ले यसरी यस्ता व्यक्त छानिनु भनेको समानुपातिक प्रणाली नै खराव भएको भन्दै लेख्नुभएको छ–




















