[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= सन् २००७ सालदेखिनै मलेसियामा स्थापना भैइ सामाजिक कार्यमा सक्रिय जातीय सामाजिक संस्था किरात याक्थुङ् चुम्लुङ् मलेसियाको आयोजनामा चासोक तङ्नाम साँझ-२०७९ कार्यक्रम हुने तय भएको छ।
कार्यक्रम राजधानी क्वालालम्पुरमा अवस्थित द-फाइभ ईलिमेन्ट होटलको प्राङ्गणमा यहीँ डिसेम्बर १८ तारिख आईतवारको दिन साझ ०५:०० बजेदेखि सुरु हुने किरात याक्थुङ् चुम्लुङ् मलेसियाको अध्यक्ष दिल केरुङ् लिम्बूले जानकारी दिनुभयो।
कार्यक्रममा लिम्बू समुदायको खानाको प्रमुख परिकारसंगै लिम्बू संस्कृति झल्किने झाँकी नाचसहित नेपालबाट आमन्त्रित नेपाली कलाकारहरु गायीका दीपा सुहाङ् , सुनिता चेम्जोङ्को बिशेष साङ्गीतिक प्रस्तुति रहनेछ्न। त्यस्तै मलेसियामा रहेका स्थानीय नेपाली कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने अध्यक्ष लिम्बूले मलाया खबरलाई बताउनुभयो।
कार्यक्रममा मलेसियामा रहेका नेपाली राजदूतावासको प्रमुख आतिथ्यतासंगै यहाँ रहेका विभिन्न संघसंस्थाको प्रतिनिधिहरुको उल्लेख्य सहभागीता रहनेछन्। कार्यक्रममा सहभागी हुनलाई मलेसियामा कार्यरत सम्पुर्ण नेपाली जनसमुदायमा सार्वजनिक निमन्त्रणा गर्नुभएको छ।
लिम्बू , किरात समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो ।




















