सुकुम्वासी जनतालाई कहिलेसम्म उठिबासको त्रास ? [फोटोफिचर]

काठमाडाैं:= थापाथलीस्थित बागमती किनारमा रहेका सुकुम्वासीहरूले काठमाडाैं महानगर र बागमती सभ्यता विकास समितिले उक्त स्थानबाट हट्न जारी गरेको सूचनाको विरोधमा निकालको शान्तिपूर्ण र्‍याली ।

र्‍याली माइतीघर मण्डलाबाट सुरु भइ बानेश्वर पुगेर अन्त्य भएको थियो । उनीहरूले आफूलाई राज्यले उचित स्थानमा व्यवस्थान गर्नु पर्ने, सधै उठिबासको त्रासबाट मुक्त गर्नु पर्ने माग गरेका छन् ।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल र नेपाल महिला एकता समाजले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो ।प्रदर्शनमा सहभागीले उठिबासको त्रास कहिलेसम्म? जिल्ला भूमि आयोगको कामलाई तिब्र पारियोस् जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

हेर्नुहोस् तस्वीरहरु :